DDC’s sections

जिल्ला विकास समितिको कार्यालय रोल्पाका मुख्य शाखाहरु

रोल्पा जिल्ला २०१८ सालमा स्थापना भएपछि जिल्ला पंचायत सचिवालयको रुपमा यस कार्यालयको स्थापना भएको हो । २०५९ सालसम्म जनप्रतिनिधिमूलक रहेको

र उक्त मितिदेखि निर्वाचित जनप्रतिनिधि विहिन यस निकायबाट जिल्लाको समग्र विकासको (आर्थिक,सामाजिक,प्रशासनिक आदि) लागि र जनताको सेवा सुविधा

प्रवाहका लागि निम्न अनुसार शाखा तथा उपशाखाहरु कायम रहेका छन् ।

क्र.स. शाखा सम्पादन गरिने मूख्य क्रियाकलापहरु
प्रशासन शाखा कार्यालयको दैनिक कामकाजको जिम्मेवारी लिनुका साथै कर्मचारीहरुको ब्यवस्थापन सम्वन्धी कार्य ।
लेखा शाखा कार्यालयको आर्थिक क्रियाकलापसंग सम्वन्धित राजश्व विनियोजन र धरौटी सम्वन्धी कार्य ।
सूचना शाखा तथा जिल्ला सूचना अभिलेख केन्द्र सूचनाहरुको अद्यावधिक, प्रकाशन, सूचना प्रवाह सम्वन्धी व्यवस्थापकीय कार्य ।
सामाजिक विकास शाखा सामाजिक विकाससंग सम्वन्धित तथा गैससहरु र आदिवासी जनजाति, महिला, दलितसंग सम्पर्क समन्वय एवम

तत्सम्वन्धी व्यवस्थापकीय कार्य ।

योजना शाखा समग्र योजनाहरुको छनौट,स्वीकृति,अद्यावधिक र प्रतिवेदन सम्वन्धी कार्य ।
आलेप शाखा जिविस,गाविस तथा निक्षेपित कार्यालय र कार्यक्रमहरुको आन्तरिक लेखा परीक्षण सम्वन्धी व्यवस्थापकीय कार्य ।
स्थानीय विकास कोषको

सचिवालय

स्वीकृत कार्यक्रम अनुसार सामाजिक परिचालन सवन्धी व्यवस्थापकीय कार्य ।
दुर्गम क्षेत्र विकास समिति छनौट भएका दुर्गम गाविसहरुमा पूर्वाधार निर्माण सम्वन्धी कार्य ।
जिल्ला प्राविधिक कार्यालय स्वीकृत बजेट तथा जिल्ला परिषद्बाट पारित भएका योजनाहरुको समग्र प्राविधिक पक्षका व्यवस्थापन सम्वन्धी

कार्य

१० जिल्ला उर्जा तथा वातावरण

शाखा

सम्भावित साना जलविद्युत एवम् वैकल्पिक उर्जा र वातावरण सम्वन्धी कार्य ।
११ राजश्व शाखा जिल्लाको आन्तरिक आय अभिवृद्धि सम्वन्धी कार्य ।
१२ जिन्सी शाखा जिन्सीको सम्पूर्ण व्यवस्थापकीय कार्य ।
१३ दर्ता चलानी/जनसम्पर्क शाखा दैनिक पत्रव्यवहार तथा जनसम्पर्क सम्वन्धी कार्य ।

 


Skip to toolbar